Tag: रुपन्देही
-
लागू औषध सहित बुटवलबाट चार जना पक्राउ
बुटवल, जेठ ९ — बुटवल उपमहानगरपालिका क्षेत्रमा लागू औषध कारोबारमा संलग्न चार जनालाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार बुधबार राती करिब ११ बजे बुद्धनगर क्षेत्रमा ब्राउन सुगरको अवैध कारोबार भैरहेको भन्ने गोप्य सूचनाको आधारमा लागू औषध नियन्त्रण ब्यूरो शाखा कार्यालय भैरहवा र वडा प्रहरी कार्यालय बुटवलको संयुक्त टोली खटिएको थियो। प्रहरी…
-
रुपन्देहीमा विद्यालयको बसमा भयावह आगलागी, विद्यार्थीको चमत्कारिक रूपमा उद्धार
रुपन्देहीको सुद्धोधन गाउँपालिका–४ फर्साटिकरमा रहेको लिटिल फ्लावर हायर सेकेन्डरी स्कुलको बसमा बुधबार बिहान अचानक आगलागी भएको छ। स्कुल सुरु हुने समयमै विद्यार्थी बोकेर विद्यालयतर्फ आइरहेको बस बिद्यालयको गेटनजिकै पुगेपछि अचानक धुवा निस्कन थालेको र त्यसपछि आगो लागेको स्थानीयले बताएका छन्। घटनाको प्रत्यक्षदर्शी मनोज भण्डारीका अनुसार, “बसभित्र विद्यार्थीहरू खचाखच थिए। अचानक बसको इन्जिनबाट धुवाँ आउन थाल्यो,…
-
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा उडान पुनः सुरु गर्न माग
भैरहवा, रुपन्देही । गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडानहरू पुनः सुरु गर्न माग गर्दै भैरहवामा आज एक घण्टे धर्ना कार्यक्रम सम्पन्न भएको छ। उडान ठप्प भई स्थानीय व्यापार र निजी क्षेत्र धराशायी बन्दै गएको भन्दै स्थानीय संघसंस्थाहरू आक्रोशित बनेका छन्। उद्योग व्यापार संगठन रुपन्देही (चेम्बर अफ कमर्स) को अगुवाइमा आयोजित धर्नामा दर्जनौं संघसंस्थाहरूले विमानस्थलको अन्तर्राष्ट्रिय…