Tag: सशस्त्र प्रहरी
-
काठमाडौंको सिग्मा कलेजको क्यान्टिनमा आगलागी
काठमाडौं — काठमाडौं महानगरपालिका–१६ स्थित सोह्रखुट्टेमा रहेको सिग्मा कलेजको क्यान्टिनमा बुधबार बिहान आगलागी भएको छ। सशस्त्र प्रहरीका सहायक प्रवक्ता डिएसपी शैलेन्द्र थापाका अनुसार आगलागी ग्यास लिक भएर भएको हो। आगो लागेपछि सशस्त्र प्रहरी, नेपाल प्रहरी, स्थानीय बासिन्दा र दमकलको सहयोगमा बिहान ८ बजे आगो पूर्ण रूपमा नियन्त्रणमा लिइएको जानकारी दिइएको छ। घटनामा क्यान्टिनका सामग्री पूर्णरूपमा…
-
सशस्त्र प्रहरीको गोताखोरले निकाल्यो बेपत्ता बालकको शव
सेती नदीमा बेपत्ता भएका ९ वर्षीय अमित विकको शव बुधबार सशस्त्र प्रहरी बलको गोताखोरले निकालेको छ। सशस्त्र प्रहरी बलका सहप्रवक्ता र डिएसपी शैलेन्द्र थापाले जानकारी दिएका अनुसार, अमित विक मंगलबार दिउँसो पौने २ बजे नदीमा डुबेर बेपत्ता भएका थिए। सशस्त्र प्रहरी निरीक्षक वीरेन्द्र बमको नेतृत्वमा खटिएको गोताखोर टोलीले सुरक्षासँगै दिउँसो १ बजे शव ३० फिट…
-
मखन टोलमा आगलागी, नियन्त्रण प्रयास जारी
काठमाडौँ महानगरपालिका–२४ स्थित मखन टोलको महादेव चोकमा आज बिहान आगलागी भएको छ। दयाराम श्रेष्ठको ४ तले माटो र काठले बनेको पुरानो कच्ची घरको तेस्रो तलाबाट ग्यास लिक भई सुरु भएको आगोले छेउमै रहेको रुकेश श्रेष्ठको ५ तले पक्की घरमा पनि क्षति पुर्याएको छ। आगलागी भएको घरमा रहेका व्यक्तिहरूको उद्धार कार्य जारी रहेको छ भने आगो…
-
पनौतीमा बाढीले बगाएको महिला अझै फेला परिन – खोजी कार्य जारी
काठमाडौँ — काभ्रेको पनौतीमा सोमबार अपराह्न आएको बाढीले एक महिला बगाएपछि अवस्था अझै अज्ञात छ। पनौती नगरपालिका–५ सुब्बागाउँकी २८ वर्षीया रेनुका गिरी कुलो पार गर्ने क्रममा बेपत्ता भएकी हुन्। काभ्रेका प्रहरी प्रमुख एसपी कोमल शाहका अनुसार, खोजी कार्य निरन्तर चलिरहेको छ। खोजीमा नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरीको विपद् व्यवस्थापन टिमसहित स्थानीयवासीहरू समेत सक्रिय छन्।…
-
भारत–पाकिस्तान तनावपछि नेपालमा सुरक्षा सतर्कता, सिंहदरबारमा उच्चस्तरीय बैठक
काठमाडौं — भारत र पाकिस्तानबीच चुलिंदो तनावका बीच नेपालमा त्यसको प्रभावबारे विश्लेषण गर्न केन्द्रीय सुरक्षा समिति सिंहदरबारमा बैठकमा जुटेको छ। गृह मन्त्रालयमा गृहमन्त्री रमेश लेखकको अध्यक्षतामा दिउँसो २ बजेबाट सुरु भएको बैठकमा नेपालका शीर्ष सुरक्षा अधिकारीहरू सहभागी छन्। गृहसचिव गोकर्णमणि दुवाडी, नेपाल सेनाका रथी निर्मलकुमार थापा, नेपाल प्रहरीका महानिरीक्षक दीपक थापा, सशस्त्र प्रहरी बलका महानिरीक्षक…