Tag: स्थानीय समाचार
-
सुद्धोधन गाउँपालिका अध्यक्ष श्री कमलेश शरण चौधरी सकुशल घर फर्किए कपिलवस्तु
कपिलवस्तुको सुद्धोधन गाउँपालिकाका अध्यक्ष श्री कमलेश शरण चौधरी सामान्य अनुसन्धानका लागि आफैं प्रहरीमा उपस्थित भएपछि, अदालतको आदेशअनुसार सकुशल आफ्नै निवास फर्किनु भएको छ। प्रहरी अनुसन्धानको प्रक्रिया अन्तर्गत उहाँले सम्पूर्ण विवरण स्पष्ट रूपमा प्रस्तुत गर्नु भएको थियो। अनुसंधान पश्चात अदालतबाट कुनै पनि किसिमको आपराधिक संलग्नता नदेखिएको पुष्टि भएसँगै उहाँलाई रिहा गरिएको हो। अध्यक्ष चौधरीले कानुनी प्रक्रियामा…
-
काठमाडौंको सिग्मा कलेजको क्यान्टिनमा आगलागी
काठमाडौं — काठमाडौं महानगरपालिका–१६ स्थित सोह्रखुट्टेमा रहेको सिग्मा कलेजको क्यान्टिनमा बुधबार बिहान आगलागी भएको छ। सशस्त्र प्रहरीका सहायक प्रवक्ता डिएसपी शैलेन्द्र थापाका अनुसार आगलागी ग्यास लिक भएर भएको हो। आगो लागेपछि सशस्त्र प्रहरी, नेपाल प्रहरी, स्थानीय बासिन्दा र दमकलको सहयोगमा बिहान ८ बजे आगो पूर्ण रूपमा नियन्त्रणमा लिइएको जानकारी दिइएको छ। घटनामा क्यान्टिनका सामग्री पूर्णरूपमा…
-
मोरङमा करेन्ट लागेर दुई महिलाको मृत्यु
विराटनगर – मोरङ जिल्लाको रतुवामाई नगरपालिका–३ मिर्चा डाँगी टोलमा करेन्ट लागेर दुई महिलाको मृत्यु भएको छ। वैशाख ३० गते राति एक विवाह समारोहका क्रममा यो दुर्घटना भएको हो। मृत्यु हुनेमा ७० वर्षीया रामुदेवी गनगाईं र ७३ वर्षीया सुर्यदेवी गनगाईं रहेका छन्। उनीहरू विवाह घरमा नाचगान गरिरहेका बेला करेन्ट लागेको थियो। सोही क्रममा ३० वर्षीया राधाकुमारी…
-
दाङको घोराहीमा लागु औषधसहित दुई जना पक्राउ
दाङ, घोराही — दाङको घोराही उपमहानगरपालिकाबाट लागु औषधसहित दुई जना पक्राउ परेका छन्। घोराही–१४ मिलन चोकका २३ वर्षीय विशाल बुढा ६७० मिलीग्राम ब्राउन सुगरसहित आइतबार बेलुकी पक्राउ परेका हुन्। शंकास्पद अवस्थामा हिँडिरहेका उनलाई प्रहरीले खानतलासी गर्दा पाइन्टको गोजीभित्र लुकाइ राखेको ब्राउन सुगर बरामद भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ। त्यस्तै, घोराही–१३ आनन्दपुर टोलकी ५७…
-
📰 म्युज खबर | धनकुटा भेडेटारबाट गहना र नगदसहित दुई युवक पक्राउ, ९ लाखभन्दा बढीको अवैध सम्पत्ति बरामद
धनकुटाको साँगुरीगढी गाउँपालिका–६ स्थित भेडेटार चोकबाट प्रहरीले अवैध गहना र नगदसहित दुई जना युवकलाई नियन्त्रणमा लिएको छ। प्र.१-०२–०५४ प २१६५ नम्बरको एफजेट मोटरसाइकलमा सवार भई धनकुटाबाट धरानतर्फ जाँदै गरेका दुई जनालाई शंका लागेर जाँच गर्दा, उनीहरूको साथबाट ठूलो परिमाणमा सुन–चाँदीका गरगहना र नगद रकम फेला परेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ। पक्राउ परेका व्यक्तिहरू…