Tag: climate justice
-
हिमाल जोगाउने सत्प्रयास : सगरमाथा संवाद सुरू
काठमाडौँमा शुक्रबारदेखि सगरमाथा संवाद सुरू भएको छ। जलवायु परिवर्तनका कारण हिमालहरूमा हिउँको मात्रा घट्दै गएको र यसको असर पर्यटन, जनजीवन र पारिस्थितिक सन्तुलनमा देखिन थालेपछि नेपालले विश्व समुदायको ध्यानाकर्षण गराउँदै यो संवाद आयोजना गरेको हो। मुस्ताङ लगायतका हिमाली जिल्लाहरूमा विगत केही वर्षदेखि हिउँ नपरेको, बाढीपहिरोको समस्या बढेको र प्राकृतिक स्रोतहरू सुक्दै गएका उदाहरणहरू प्रस्तुत गरिँदै…
-
जलवायु परिवर्तनले मान्छेको भाग्य र भविष्य नै खतरामा पार्दैछः परराष्ट्र मन्त्री आरजु राणा
काठमाडौं, वैशाख ३२ – परराष्ट्र मन्त्री आरजु राणाले जलवायु परिवर्तन विश्व मानवताको भविष्यमा गम्भीर संकटको रूपमा देखा परिरहेको बताएकी छन्। शुक्रबार काठमाडौंमा सुरु भएको सगरमाथा संवादको पहिलो संस्करकणको उद्घाटन सत्रमा बोल्दै उनले विश्वकै साझा समस्याको रूपमा जलवायु संकटलाई आत्मसात गर्नुपर्नेमा जोड दिइन्। उनका अनुसार जलवायु परिवर्तन अब कुनै एक देश वा क्षेत्रको मात्र चिन्ता नभएर…
-
सगरमाथा संवादको तयारी अन्तिम चरणमा, ४० देशका प्रतिनिधिको सहभागिता हुने
काठमाडौँ – नेपाल सरकारले पहिलोपटक आयोजना गर्न लागेको ‘सगरमाथा संवाद’ आगामी जेठ २ देखि ४ गतेसम्म काठमाडौँमा हुने भएको छ। ‘जलवायु परिवर्तन, पर्वत र मानवताको भविष्य’ भन्ने मूल विषयमा केन्द्रित यो अन्तर्राष्ट्रिय संवादको तयारी अन्तिम चरणमा पुगेको छ। संवादलाई आगामी दिनमा प्रत्येक दुई वर्षमा आयोजना गर्ने सरकारको नीति रहेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले गत…