Tag: house of representatives

  • प्रधानमन्त्री अस्वस्थ भएपछि प्रश्नोत्तर कार्यक्रम स्थगित

    प्रधानमन्त्री अस्वस्थ भएपछि प्रश्नोत्तर कार्यक्रम स्थगित

    काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली अस्वस्थ भएपछि आजका लागि तय गरिएको सांसदहरूसँगको प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम प्रतिनिधि सभाको कार्यसूचीबाट हटाइएको छ। सभामुखको सचिवालयका अनुसार प्रधानमन्त्रीले स्वास्थ्यका कारण प्रश्नोत्तर कार्यक्रममा सहभागी हुन नसक्ने जानकारी दिएपछि उक्त कार्यक्रम हटाइएको हो। यद्यपि, अन्य कार्यसूची भने यथावत् रहनेछन्। प्रतिनिधि सभाको बैठक मंगलबार बिहान ११ बजेका लागि तय गरिएको छ।