Tag: Kathmandu
-
कैलालीमा सुत्केरी गराउने प्रहरी जवानलाई IGP बाट पुरस्कार
७ जेठ, काठमाडौं — कैलालीको गोदावरी नगरपालिका–१ मा सडकमा छट्पटिरहेकी महिलालाई सफल रूपमा सुत्केरी गराएकी प्रहरी जवान चन्द्रिकाकुमारी देउवालाई प्रहरी महानिरीक्षक (IGP) दीपक थापाले विशेष रूपमा सम्मानित गरेका छन्। सडक छेउमा सुत्केरी व्यथाले पिडित चन्द्रा आचार्यलाई स्थानीय व्यक्तिको आँगनमा सहयोग पुर्याउँदै सुत्केरी गराएकी देउवाले प्रहरीको मानवतावादी छवि उजागर गरेको भन्दै प्रशंसा गरिएको हो। IGP थापाले…
-
काठमाडौं महानगरका नगर प्रहरी प्रमुख पाण्डेलाई स्पष्टीकरण सोधिएको छ
काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले नगर प्रहरी प्रमुख वरिष्ठ नगर प्रहरी उपरीक्षक राजु पाण्डेलाई स्पष्टीकरण सोधेका छन्। मंगलबार प्रमुख प्रशासकीय अधिकृत गुरागाईंले गत चैत २१ गते आफू कार्यालय जाँदा हुलहुज्जत भएको भन्दै स्पष्टीकरण सोधेका हुन्। उनले आफ्नो कार्यकक्षको ताला खोल्ने क्रममा नगर प्रहरीले किन अवरोध पुर्याएको भन्ने विषयमा स्पष्टीकरण दिन भनेका…
-
सरकारले शिक्षक महासंघसँग गरेका सम्झौता कार्यान्वयन हुनुपर्छ: महर
काठमाडौं, मे २० – नेपाली कांग्रेसका शिक्षा विभाग प्रमुख नैनसिंह महरले सरकार र नेपाल शिक्षक महासंघबीच विगतमा भएका सहमति कार्यान्वयन हुनुपर्नेमा जोड दिएका छन्। मंगलबार नेपाल शिक्षक संघ काठमाडौँ महानगरका पदाधिकारीसँगको छलफलमा महरले सरकारले पटक–पटक गरेका सम्झौता लागू नगरेकोप्रति चिन्ता व्यक्त गरे। उनले भने, ‘शिक्षकका माग सम्बोधनका लागि भएका सम्झौता कार्यान्वयन गर्नुपर्छ। संविधानमै व्यवस्था भएको…
-
काठमाडौँमा १०६० ग्राम अफिमसहित दुई जना पक्राउ
काठमाडौँ महानगरपालिका–१६ स्थित पकनाजोलबाट प्रहरीले लागुऔषध अफिमसहित दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा रोल्पाको सुनिल स्मृति गाउँपालिका–५ घर भएका ४५ वर्षीय रुद्रबहादुर थापा र ३६ वर्षीय राकेश परियार रहेका छन्। उनीहरू आइतबार पक्राउ परेका हुन्। जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिल बोहराका अनुसार उनीहरूको साथबाट १ हजार ६० ग्राम अफिम बरामद गरिएको छ। हाल…
-
मखन आगलागी: उपप्रमुख डंगोलको निर्देशन, १० दिनभित्र छानबिन प्रतिवेदन बुझाउने
काठमाडौँ — वैशाख ३१ गते काठमाडौँ महानगरपालिका–२४, मखनटोलमा भएको आगलागी घटनाको छानबिन प्रक्रिया तीव्र बनाउँदै काठमाडौँ महानगरकी उपप्रमुख सुनिता डंगोलले तत्काल छानबिन समिति गठन गरी १० दिनभित्र प्रतिवेदन बुझाउन निर्देशन दिएकी छिन्। उपप्रमुख डंगोलले प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंलाई प्रभावकारी छानबिन समिति बनाएर आवश्यक प्रतिवेदन बुझाउन निर्देशन दिएकी हुन्। उनका अनुसार, उक्त आगलागीमा चार घरमा…
-
धरहराबाट ६ महिनामा तीन करोड ७३ लाख रुपैयाँ आम्दानी
काठमाडौं । राजधानीको ऐतिहासिक धरहराबाट वैशाख मसान्तसम्मको अवधिमा तीन करोड ७३ लाख रुपैयाँ राजस्व संकलन भएको छ। धरहरा सञ्चालन इकाई कार्यालयका प्रमुख महेश राईका अनुसार, मङ्सिर ९ गतेदेखि सुरु गरिएको सशुल्क प्रवेश प्रणालीमार्फत यो रकम संकलन गरिएको हो। राईले रातोपाटीसँग कुरा गर्दै बताए, “हालसम्म २ लाख ४ हजार नागरिकले धरहरा अवलोकन गरेका छन्। अहिले धरहरा…
-
नेपाल आइन् भारतीय अभिनेत्री नोरा फतेही, च्यारिटी कार्यक्रममा दिनेछिन् नृत्य प्रस्तुति
काठमाडौँ । भारतीय अभिनेत्री तथा चर्चित नृत्याङ्गना नोरा फतेही नेपाल आएकी छिन् । उनले काठमाडौँको बौद्धस्थित होटल हायातमा आयोजना हुने एक च्यारिटी कार्यक्रममा सहभागी हुन नेपाल आएकी हुन् । ‘ह्युमन रेस्पेक्ट नेपाल’ नामक सामाजिक संस्थाको सहयोगार्थ आयोजना गरिएको उक्त कार्यक्रममा नोरा फतेहीले आफ्ना लोकप्रिय गीतहरू ‘दिलबर दिलबर’, ‘कुसु कुसु’, ‘ओ साकी साकी’, ‘नाच मेरी रानी’,…
-
बीपी स्मृति अस्पताललाई फोहोर प्रकरणमा कारबाही, ५० हजार रुपैयाँ जरिवाना
काठमाडौं, २५ वैशाख — काठमाडौंको बसुन्धरास्थित बीपी स्मृति अस्पताललाई फोहोर व्यवस्थापनमा लापरबाही गरेको भन्दै महानगरपालिकाले फोहोर संकलन स्थगित गरेको छ। साथै, ५० हजार रुपैयाँ जरिवाना पनि तोकिएको छ। स्थानीयबासीको गुनासोपछि महानगरको कल सेन्टरमा उजुरी दर्ता भएको थियो। उजुरी अनुसार अस्पतालले कम्पाउन्डमै दिनौं फोहोर राखेर दुर्गन्ध फैलाएको गुनासो प्राप्त भएपछि वातावरण व्यवस्थापन विभागको टोलीले निरीक्षण गरेको…