Tag: KP Sharma Oli

  • प्रधानमन्त्री अस्वस्थ भएपछि प्रश्नोत्तर कार्यक्रम स्थगित

    प्रधानमन्त्री अस्वस्थ भएपछि प्रश्नोत्तर कार्यक्रम स्थगित

    काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली अस्वस्थ भएपछि आजका लागि तय गरिएको सांसदहरूसँगको प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम प्रतिनिधि सभाको कार्यसूचीबाट हटाइएको छ। सभामुखको सचिवालयका अनुसार प्रधानमन्त्रीले स्वास्थ्यका कारण प्रश्नोत्तर कार्यक्रममा सहभागी हुन नसक्ने जानकारी दिएपछि उक्त कार्यक्रम हटाइएको हो। यद्यपि, अन्य कार्यसूची भने यथावत् रहनेछन्। प्रतिनिधि सभाको बैठक मंगलबार बिहान ११ बजेका लागि तय गरिएको छ।

  • ओली–प्रचण्डबीच सिंहदरबारमा गोप्य वार्ता, संक्रमणकालीन न्याय र सत्ता समीकरणमा गम्भीर छलफल

    ओली–प्रचण्डबीच सिंहदरबारमा गोप्य वार्ता, संक्रमणकालीन न्याय र सत्ता समीकरणमा गम्भीर छलफल

    काठमाडौँ, २१ वैशाख – मुलुकको संक्रमणकालीन न्याय प्रक्रिया निर्णायक मोडमा पुगिरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच गोप्य वार्ता भएको छ। प्रधानमन्त्री कार्यालय सिंहदरबारमा आज बिहान भएको यो महत्वपूर्ण भेटवार्तामा दुवै नेताबीच सङ्क्रमणकालीन न्याय, आयोग गठन र समसामयिक सत्ता समीकरणका विषयमा गम्भीर छलफल भएको स्रोतले जनाएको छ।…