Tag: Mews Khabar
-
धनुषामा बिहे भोजपछि सयभन्दा बढी बिरामी
– धनुषाको मिथिला विहारी नगरपालिका–८, ठेरा कचुरीमा बिहे भोज खाँदा सयभन्दा बढी व्यक्ति बिरामी परेका छन्। बिहीबार राति भएको विवाह समारोहमा खाजामा विषाक्तता भएको आशंकासहित खाद्य सामग्रीको स्याम्पल परीक्षणका लागि संकलन गरिएको छ। जनकपुर उपमहानगरपालिका–२३, बिन्धीबाट ठेरा कचुरी पुगेका जन्ती र स्थानीय पाहुनाहरू नरेश महराको छोरीको विवाह समारोहमा सहभागी भएका थिए। स्वयम्बरपछि खाजामा बुनियाँ, रसबरीलगायतका…
-
विराट कोहलीले टेष्ट क्रिकेटबाट सन्यासको घोषणा
भारतीय क्रिकेट टोलीका पूर्व कप्तान तथा चर्चित ब्याट्सम्यान विराट कोहलीले टेष्ट क्रिकेटबाट आधिकारिक रुपमा सन्यासको घोषणा गरेका छन्। कोहलीले सोमबार इन्स्टाग्राममार्फत एक भावुक सन्देश पोस्ट गर्दै टेष्ट करिअरको अन्त्यको जानकारी गराएका हुन्। उनले भनेका छन्, “टेष्ट क्रिकेटमा मैले पहिलोपटक ब्याग्गी ब्लु जर्सी लगाएको १४ वर्ष भइसकेको छ। इमानदारीपूर्वक भन्नुपर्दा, यो फर्म्याटले मलाई जीवनमा कहिल्यै नबिर्सिने…
-
मोघलाहा चोकमा दुई FZ बाइक गल्तिले साटियो, सहयोगको अपिल
लुम्बिनी सांस्कृतिक नगरपालिका – शनिबार, मोघलाहा चोकमा एक रोचक तर गम्भीर घटना सार्वजनिक भएको छ। दुई उस्तै रंग र मोडेलका Yamaha FZ मोटरसाइकल गल्तीले साटिएको खबर आएको छ। वडा नं. ६ निवासी अलीम मुस्लिम शनिबार दिउँसो ३:०० देखि ४:०० बजेको बीचमा मोघलाहा बजार गएको समय आफ्नो बाइक LU 85 PA 9562 पार्क गरी किनमेलमा व्यस्त…
-
स्वस्तिमा खड्का, मिरुना मगरदेखि केकी अधिकारीसम्म उत्कृष्ट हिरोइनको होड
काठमाडौं । नेपाली चलचित्र क्षेत्रको प्रतिष्ठित अवार्ड १६औँ प्रिज्मा डि सिने अवार्ड को उत्कृष्ट अभिनेत्रीको सूची सार्वजनिक गरिएको छ । यस वर्ष अभिनेत्री स्वस्तिमा खड्का, मिरुना मगर, केकी अधिकारी, सुरक्षा पन्त र सुहाना थापा उत्कृष्ट हिरोइनको उपाधिका लागि मनोनयनमा परेका छन् । फिल्म ‘दिमाग खराब’ मा स्वस्तिमा खड्काको जोशिलो अभिनय र ‘जारी’ मा मिरुना मगरको…
-
भारतको ‘अपरेशन सिन्दूर’को जवाफमा पाकिस्तानले सुरु गर्यो ‘बुनयान-उल-मरसूस’
२७ वैशाख, काठमाडौं । भारतको ‘अपरेशन सिन्दूर’को जवाफी प्रतिक्रिया स्वरूप पाकिस्तानले शनिबार बिहानबाट ‘बुनयान-उल-मरसूस’ नामक अपरेशनको सुरुवात गरेको छ। पाकिस्तानी सेनाको मिडिया शाखा इण्टर-सर्भिसेस पब्लिक रिलेसन्स (आईएसपीआर) अनुसार यो कारबाही भारतको मिसाइल आक्रमणको उत्तरमा गरिएको हो। अलजजिरा टेलिभिजनले सेनासम्बन्धी स्रोतलाई उद्धृत गर्दै जनाएको छ कि पाकिस्तानले भारतको उधमपुरस्थित वायुसेना बेस र पठानकोटको एयरफिल्डलाई निशाना बनाएको…
-
भारत–पाकिस्तानबीच युद्धको संकेत? पाकिस्तानद्वारा ‘अपरेसन बानयन मर्सस’ सुरु, एयरस्पेस बन्द
काठमाडौँ, वैशाख २७ – दक्षिण एशियाली छिमेकी भारत र पाकिस्तानबीच पुनः सैन्य तनाव उच्च विन्दुमा पुगेको छ। शनिबार बिहान पाकिस्तानले भारतविरुद्ध प्रतिआक्रमण सुरु गरेको औपचारिक घोषणा गरेको छ। पाकिस्तानी सेनाको जनसम्पर्क विभागले एक वक्तव्य जारी गर्दै भारतले तीनवटा पाकिस्तानी एयरबेसमा मिसाइल आक्रमण गरेको आरोप लगाएको छ। त्यसको प्रतिउत्तरस्वरूप पाकिस्तानले ‘अपरेसन बानयन मर्सस’ नामक सैन्य कारबाही…
-
भारत–पाक युद्धमा नेपालले चुप बस्न नहुने, सार्क अध्यक्षका रूपमा सक्रिय भूमिका निर्वाह गर्नुपर्छ : महामन्त्री विश्वप्रकाश शर्मा
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले भारत–पाकिस्तानबीच बढ्दो युद्धको परिस्थितिमा नेपालले निष्क्रिय दर्शक बन्न नहुने स्पष्ट धारणा सार्वजनिक गरेका छन्। उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सम्वोधन गर्दै सार्क अध्यक्ष राष्ट्रको हैसियतले नेपालले विश्व राजनीतिमा देखिनेगरी सक्रिय भूमिका खेल्नुपर्नेमा जोड दिएका छन्। शुक्रबार सार्वजनिक रूपमा ध्यानाकर्षण गराउँदै शर्माले भने, “आतङ्कवाद नियन्त्रण आवश्यक छ, तर युद्ध चाँडो अन्त्य…
-
भारतस्थित नेपाली दूतावासद्वारा आपतकालीन सेवा केन्द्र पहिचान गर्न आग्रह
नयाँ दिल्ली । भारतमा रहेका नेपाली नागरिकहरूलाई आपतकालीन अवस्था आउन सक्ने सम्भावनालाई ध्यानमा राख्दै भारतस्थित नेपाली दूतावासले सबै नेपालीलाई नजिकको आपतकालीन सेवा केन्द्र पहिचान गर्न अनुरोध गरेको छ। दूतावासले जारी गरेको सूचना अनुसार, भारत र पाकिस्तानबीचको पछिल्लो चर्किँदो द्वन्द्व र क्षेत्रीय अस्थिरताका कारण कुनै पनि आकस्मिक अवस्थाको सामना गर्न सजग रहनु आवश्यक भएको भन्दै यो…
-
रूपन्देहीका सीमा नाकाहरूमा सुरक्षा निगरानी कडा, तालिम प्राप्त कुकुर समेत परिचालन
भारत–पाकिस्तानबीच चर्किँदो द्वन्द्व र सम्भावित क्षेत्रीय जोखिमलाई ध्यानमा राख्दै रूपन्देही जिल्लाका सीमा नाकाहरूमा सुरक्षा निगरानी थप कडा बनाइएको छ। प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेका अनुसार नेपाल–भारत सीमाबाट अवैध आवतजावत हुन नदिनका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र सादा पोशाकमा रहेका सुरक्षाकर्मीहरू सक्रिय रुपमा परिचालनमा छन्। उनले भने, “छिमेकी मुलुकमा द्वन्द्व चर्किंदै जाँदा नेपालमा कुनै…
-
अमेरिकी राजदूतलाई पाकिस्तानको कडा सन्देश – “भारतले अन्तर्राष्ट्रिय कानुन तोड्यो, हामी चुप बस्दैनौं”
इस्लामाबाद — भारत र पाकिस्तानबीच चुलिँदो तनावको बीचमा पाकिस्तानले अमेरिका समक्ष कडा आपत्ति जनाएको छ। पाकिस्तानका गृहमन्त्री मोहसिन नकवीले इस्लामाबादस्थित कार्यवाहक अमेरिकी राजदूत नाटाली बेकरलाई भेट गरी भारतको पछिल्लो सैन्य कारबाहीलाई “ड्रोन आतंकवाद” भनी आरोप लगाएका छन्। गृहमन्त्रालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ कि भारतले सर्वसाधारणलाई लक्षित गर्दै ड्रोन आक्रमण गरेर सम्पूर्ण अन्तर्राष्ट्रिय कानुनको उल्लंघन गरेको…