Tag: Nepali government
-
चिनियाँ नेता सियाओ जी राजधानीमा
काठमाडौँ । चीनको राष्ट्रिय जन कांग्रेसको स्थायी समितिका उपाध्यक्ष सियाओ जी नेपाल भ्रमणमा आएका छन्। उनी सगरमाथा संवादमा सहभागी हुन आएको चिनियाँ प्रतिनिधिमण्डलको नेतृत्व गर्दै नेपाल आइपुगेका हुन्। त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा उपाध्यक्ष सियाओलाई वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले स्वागत गरेका थिए। सगरमाथा संवाद काठमाडौँमा जेठ २ देखि ४ गतेसम्म सञ्चालन हुने छ।
-
सगरमाथा संवादको तयारी अन्तिम चरणमा, ४० देशका प्रतिनिधिको सहभागिता हुने
काठमाडौँ – नेपाल सरकारले पहिलोपटक आयोजना गर्न लागेको ‘सगरमाथा संवाद’ आगामी जेठ २ देखि ४ गतेसम्म काठमाडौँमा हुने भएको छ। ‘जलवायु परिवर्तन, पर्वत र मानवताको भविष्य’ भन्ने मूल विषयमा केन्द्रित यो अन्तर्राष्ट्रिय संवादको तयारी अन्तिम चरणमा पुगेको छ। संवादलाई आगामी दिनमा प्रत्येक दुई वर्षमा आयोजना गर्ने सरकारको नीति रहेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले गत…