Tag: Nepali Politics

  • महिलाका सवालमा एकै ठाउँ उभिए कोशीका महिला सांसद

    महिलाका सवालमा एकै ठाउँ उभिए कोशीका महिला सांसद

    कोशी प्रदेशको आगामी बजेट महिलामैत्री र समावेशी हुनुपर्ने माग गर्दै सबै दलका महिला सांसदहरू एकजुट भएका छन्। प्रदेशसभा उपसभामुख सिर्जना दनुवारको नेतृत्वमा महिला सांसदहरूको टोलीले मुख्यमन्त्री हिक्मत कार्कीलाई ज्ञापनपत्र बुझाएको हो। ज्ञापनमा महिलामैत्री बजेट निर्माण गर्नुपर्ने, महिला, बालबालिका, अपांगता भएका महिला तथा पछाडि पारिएका समुदायहरूको अधिकार सुनिश्चित गर्नुपर्ने माग गरिएको छ। प्रदेश सरकारले नीति निर्माणदेखि…

  • शुद्धोधन गाउँपालिका अध्यक्ष कमलेशशरण चौधरी पक्राउ

    शुद्धोधन गाउँपालिका अध्यक्ष कमलेशशरण चौधरी पक्राउ

    कपिलवस्तु — शुद्धोधन गाउँपालिकाका अध्यक्ष कमलेशशरण चौधरी मंगलबार बुटवलस्थित इलाका प्रहरी कार्यालयमा आफैं उपस्थित भई पक्राउ परेका छन्। चौधरीविरुद्ध रूपन्देही जिल्ला अदालतले विद्युतीय अपराध मुद्दामा जेठ १ गते पक्राउ पुर्जी जारी गरेको थियो। चौधरीमाथि बलात्कारको मुद्दामा संलग्न व्यक्तिको पक्षमा उभिँदै पीडित युवती र उनका परिवारको गोपनीयता उल्लंघन गरेको आरोप छ। घटनाका मुख्य अभियुक्तमध्ये एक सन्तकुमार…

  • प्रतिनिधिसभा बैठकमा मर्यादापालकदेखि पुल निर्माणसम्मको सरोकार उठाइयो

    प्रतिनिधिसभा बैठकमा मर्यादापालकदेखि पुल निर्माणसम्मको सरोकार उठाइयो

    काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा विभिन्न सांसदहरूले शून्य समयमा जनताका सरोकार र समस्याबारे आवाज उठाएका छन्। सांसद वीना लामाले सदन सञ्चालनमा महत्वपूर्ण भूमिका खेल्ने मर्यादापालकहरूको समस्याबारे बोल्दै, उनीहरूलाई पोषणयुक्त खाजा र भत्ता नदिइएको गुनासो गरिन्। उनले सरकारसँग यथाशिघ्र सुविधा उपलब्ध गराउन माग गरिन्। सांसद विनीताकुमारी सिंहले सिराहामा सञ्चालित जनता आवास कार्यक्रमअन्तर्गत पहिलो किस्तामात्रै प्रदान गरिएको…

  • अर्थमन्त्री पौडेलले गभर्नर सिफारिस समितिको बैठक आह्वान

    अर्थमन्त्री पौडेलले गभर्नर सिफारिस समितिको बैठक आह्वान

    उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले नेपाल राष्ट्र बैंकको गभर्नर सिफारिस समितिको बैठक बोलाएका छन्। यो बैठक आज अपराह्न ४ बजेपछि बस्ने अर्थमन्त्रीको सचिवालयले जनाएको छ। गभर्नर सिफारिस समितिको यो बैठक अर्थमन्त्री पौडेलले पहिलो पटक आह्वान गरेका हुन्। समितिको संयोजक अर्थमन्त्री आफैं छन् भने सदस्यहरूमा पूर्वगभर्नर महाप्रसाद अधिकारी र अर्थविद् पोषनाथ पाण्डे रहेका छन्। मंगलबार बालुवाटारमा…

  • प्रधानमन्त्री अस्वस्थ भएपछि प्रश्नोत्तर कार्यक्रम स्थगित

    प्रधानमन्त्री अस्वस्थ भएपछि प्रश्नोत्तर कार्यक्रम स्थगित

    काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली अस्वस्थ भएपछि आजका लागि तय गरिएको सांसदहरूसँगको प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम प्रतिनिधि सभाको कार्यसूचीबाट हटाइएको छ। सभामुखको सचिवालयका अनुसार प्रधानमन्त्रीले स्वास्थ्यका कारण प्रश्नोत्तर कार्यक्रममा सहभागी हुन नसक्ने जानकारी दिएपछि उक्त कार्यक्रम हटाइएको हो। यद्यपि, अन्य कार्यसूची भने यथावत् रहनेछन्। प्रतिनिधि सभाको बैठक मंगलबार बिहान ११ बजेका लागि तय गरिएको छ।

  • लुम्बिनीको नीति तथा कार्यक्रम : कृषि उत्पादनलाई उच्च प्राथमिकता

    लुम्बिनीको नीति तथा कार्यक्रम : कृषि उत्पादनलाई उच्च प्राथमिकता

    बुटवल। लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि कृषि उत्पादनलाई उच्च प्राथमिकतामा राखेको छ। सोमबार प्रदेश सभामा प्रस्तुत नीति तथा कार्यक्रममार्फत प्रदेश प्रमुख कृष्णबहादुर घर्तीले कृषिलाई समृद्धिको मेरुदण्डका रूपमा विकास गर्ने रणनीति रहेको जानकारी दिएका छन्। जसअनुसार कृषकका खेतबारी सधैं हराभरा राख्ने, उत्पादकत्व वृद्धि गर्ने तथा घरदैलोमै कृषि सेवा पुर्‍याउने कार्यक्रम अगाडि सारिनेछ।…

  • विद्यालय शिक्षा विधेयकका विषयमा हतारमा टिकाटिप्पणी नगरौँ : शिक्षामन्त्री

    विद्यालय शिक्षा विधेयकका विषयमा हतारमा टिकाटिप्पणी नगरौँ : शिक्षामन्त्री

    काठमाडौँ । विद्यालय शिक्षा विधेयक, २०८० को सन्दर्भमा शिक्षामन्त्री रघुजी पन्तले हतारमा प्रतिक्रिया नजनाउन आग्रह गरेका छन्। सोमबार संसद भवन, नयाँ बानेश्वरमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै मन्त्री पन्तले उपसमितिको प्रतिवेदनमाथि छलफल गर्न बाँकी रहेको र कतिपय विषयहरू अझै टुंगोमा नपुगेको स्पष्ट पारे। उनले भने, “समितिको प्रक्रिया पुरा नभएको अवस्थामा हतारमा टिप्पणी गर्नु उचित हुँदैन। उपसमितिको सुझावहरूमा…

  • डिएसपीले चलाएको गाडीले दियो कोशी प्रदेशका सांसद सवार गाडीलाई ठक्कर

    डिएसपीले चलाएको गाडीले दियो कोशी प्रदेशका सांसद सवार गाडीलाई ठक्कर

    मोरङ — कोशी प्रदेशका सांसदहरू चढेको गाडीलाई नेपाल प्रहरीका डिएसपीले चलाएको निजी गाडीले ठक्कर दिएको छ। सोमबार दिउँसो मोरङको कानेपोखरी गाउँपालिका–७ स्थित पूर्व–पश्चिम राजमार्गमा सांसद सवार गाडीलाई ठक्कर दिइएको हो। जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी वेदप्रकाश जोशीका अनुसार, बेलबारीबाट झापातर्फ जाँदै गरेको बा ५ च ३५३० नम्बरको कार झापा प्रहरी कार्यालयका डिएसपी खगेन्द्र खड्काले चलाइरहेका…

  • सरकारी कार्यक्रममा नआउनेहरूलाई आगामी कार्यक्रममा नबोलाउन प्रधानमन्त्री ओलीको निर्देशन

    सरकारी कार्यक्रममा नआउनेहरूलाई आगामी कार्यक्रममा नबोलाउन प्रधानमन्त्री ओलीको निर्देशन

    प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको आयोजनामा गरिने कार्यक्रममा नियमित रुपमा अनुपस्थित रहने व्यक्तिहरूलाई आगामी कार्यक्रमहरूमा नबोलाउन निर्देशन दिएका छन्। सोमबार सिंहदरबारमा बसेको गणतन्त्र दिवस मूल समारोह समितिको बैठकमा बोल्दै उनले यस्तो निर्देशन दिएका हुन्। प्रधानमन्त्री ओलीले नाम राखेर पटक–पटक निम्तो गरिए पनि कार्यक्रममा नआउने प्रवृत्ति बढ्दो रहेको उल्लेख गरे। उनको भनाइ थियो, ‘कहिल्यै नआउनेहरूलाई हरेक…

  • अदालतले सोध्यो– रवि र छविले पेसी जानकारी पत्रमा किन हस्ताक्षर गरेनन्

    अदालतले सोध्यो– रवि र छविले पेसी जानकारी पत्रमा किन हस्ताक्षर गरेनन्

    राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र पूर्व डिआइजी छविलाल जोशीले पेसीको जानकारी गराइएको पत्रमा हस्ताक्षर नगरेपछि उच्च अदालत पोखराले कारण सोधेको छ। आइतबार मुख्य न्यायाधीश रत्नबहादुर बागचन्द र न्यायाधीश मिलन राईको संयुक्त इजलासले जिल्ला कारागार रूपन्देहीलाई हस्ताक्षर नगर्नुको स्पष्ट कारणसहित प्रतिवेदन पेस गर्न आदेश दिएको हो। अदालतको आदेशमा प्रतिवादीहरूले पेसी जानकारीपत्र बुझ्न इन्कार गरेकै…