Tag: Parliament Nepal

  • प्रधानमन्त्री अस्वस्थ भएपछि प्रश्नोत्तर कार्यक्रम स्थगित

    प्रधानमन्त्री अस्वस्थ भएपछि प्रश्नोत्तर कार्यक्रम स्थगित

    काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली अस्वस्थ भएपछि आजका लागि तय गरिएको सांसदहरूसँगको प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम प्रतिनिधि सभाको कार्यसूचीबाट हटाइएको छ। सभामुखको सचिवालयका अनुसार प्रधानमन्त्रीले स्वास्थ्यका कारण प्रश्नोत्तर कार्यक्रममा सहभागी हुन नसक्ने जानकारी दिएपछि उक्त कार्यक्रम हटाइएको हो। यद्यपि, अन्य कार्यसूची भने यथावत् रहनेछन्। प्रतिनिधि सभाको बैठक मंगलबार बिहान ११ बजेका लागि तय गरिएको छ।

  • माओवादी केन्द्रद्वारा संसदमा विद्युत प्राधिकरणको आर्थिक अवस्था सार्वजनिक गर्न माग

    माओवादी केन्द्रद्वारा संसदमा विद्युत प्राधिकरणको आर्थिक अवस्था सार्वजनिक गर्न माग

    काठमाडौं । नेपाल विद्युत प्राधिकरणको आम्दानी र खर्चसम्बन्धी विषयमा देखिएको अन्योललाई स्पष्ट पार्न माग गर्दै प्रमुख विपक्षी दल नेकपा माओवादी केन्द्रले संसदमार्फत औपचारिक जानकारी गराउन आग्रह गरेको छ। शुक्रबार प्रतिनिधि सभाको बैठकमा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले सभामुखमार्फत नेपाल विद्युत प्राधिकरणको समग्र आर्थिक अवस्थाको विवरण माग गरेका हुन्। उनले निवर्तमान र वर्तमान प्रबन्ध निर्देशकद्वारा…