Tag: social change
-
बाउन्न वर्षमा सुरु भयो अक्षरयात्रा: लालझाडीकी डल्लीदेवीको प्रेरणादायी कथा
कञ्चनपुर — पढ्ने उमेर सकिएको ठान्नेहरूका लागि डल्लीदेवी चौधरी एउटा जीवित प्रमाण बनेकी छिन्। लालझाडी गाउँपालिका–४ पर्सियाकी ५२ वर्षीया डल्लीदेवी अहिले गाउँकै स्वतन्त्र माध्यमिक विद्यालयको कक्षा १ मा नियमित पढ्दैछिन्। अझ विशेष कुरा के भने, उनी त्यही वडाको निर्वाचित सदस्य पनि हुन्। डल्लीदेवीको जीवनभरको सपना थियो — अक्षर चिन्नु। तर, जमिनदारको घरमा कमैयाकी छोरीको हैसियतले…