९ महिनामा ४५ करोडभन्दा बढी राजस्व संकलन: हेटौंडा यातायात कार्यालयको उत्कृष्ट प्रदर्शन म्युज खबर | मकवानपुर, वैशाख १८

यातायात व्यवस्था कार्यालय, हेटौंडाले चालु आर्थिक वर्ष २०८१/८२ को ९ महिनामा रु ४५ करोड ६६ लाख ८५ हजार ५९० राजस्व संकलन गरेको छ। सवारी दर्ता, नवीकरण, लाइसेन्स वितरण जस्ता नियमित सेवा सुविधाबाट यो उल्लेखनीय राजस्व संकलन भएको हो।

कार्यालय प्रमुख प्रविण श्रेष्ठका अनुसार साउनदेखि चैत महिनासम्मको अवधिमा सवारी कर, चालक अनुमतिपत्र, सवारी दर्ता, तथा संघीयता शीर्षक अन्तर्गतको राजस्व उल्लेखनीय रूपमा संकलन गरिएको हो।


आम्दानीको विस्तृत विवरण यसप्रकार छ:

  • सवारी चालक अनुमतिपत्र (लाइसेन्स) बाट: रु ७ करोड ८ लाख ७१ हजार ३१४
  • सवारी करबाट: रु २८ करोड २७ लाख ३७ हजार २९९
  • यातायात क्षेत्र आम्दानीबाट: रु ७ करोड १५ लाख ७६ हजार ९९२
  • संघीयता शीर्षकबाट: रु ३ करोड १४ लाख ९१ हजार ९५३
  • बेरुजुबाट: रु ८ हजार २५०

सवारी दर्ता र लाइसेन्स वितरण

९ महिनामा जम्मा ४,३५१ नयाँ सवारी साधन दर्ता गरिएका छन्:

  • मोटरसाइकल: २,२३४
  • साना सवारी: ८४७
  • टेम्पो/ई–रिक्सा: ६२६
  • ठूला/मझौला सवारी: ६२४
  • ट्याक्टर: ११

सवारी चालक अनुमतिपत्र (लाईसेन्स) वितरण विवरण:

  • नयाँ लाइसेन्स: ४,७८१
  • वर्ग थप: २,१६१
    ➡️ जम्मा लाइसेन्स वितरण: ५,३५९

नवीकरण र प्रतिलिपी:

  • नवीकरण: ४,७८१
  • प्रतिलिपी: ७६
  • नवीकरण+प्रतिलिपी: ६३

अघिल्लो वर्षको तुलनामा…

गत आर्थिक वर्ष २०८०/८१ मा सो कार्यालयले रु ५६ करोड ७ लाख १७ हजार राजस्व संकलन गरेको थियो भने ४,३९९ सवारी साधन दर्ता गरिएको थियो।

यातायात कार्यालय हेटौंडाको यो निरन्तर प्रगतिशील कार्यसम्पादनले क्षेत्रीय सार्वजनिक सेवा प्रवाहमा सुधार ल्याएको देखिन्छ।